हाम्रो ट्यालेन्ट समुदायमा बिबिध प्रतिभा र सम्भावनाहरु हासिल गरेका छन् । उनले आफ्नो उत्कृस्ट प्रयास र फूटबलको सोखको कारण आफुलाई सुधार्दै समुदायमा सफलता हासिल गर्दैछन् । उनि भन्छन् कि सामुदायिक फूटबल क्लब असक्तता भएका व्यक्तिहरुका लागि समेत समाबेसी हुनुपर्छ किनभने खेलकुदले समुदायलाई जोड्ने र युवाहरुबिच भाइचारालाई कायम राख्न उत्कृस्ट माध्यम हुन सक्छ । खेलकुदले सबै क्षेत्रका मानिसहरुलाई एकै धारमा ल्याउन सक्छ । सामुदायिक मेलमिलापको लागि पनि खेलकुद एक प्रमुख अवसर हो जब मानिसहरु खेल हेर्न र खेल्न जान्छन उनीहरुले नया साथीहरु बनाउन र पुरानो सम्बन्ध बलियो बनाउन सक्छन ।
About the storyteller
About the storyteller
The storyteller has chosen to remain anonymous.
हाम्रो ट्यालेन्ट समुदायको एक सक्रिय सदस्यहरु मध्ये एक हुन् उनले आफ्ना साथीहरुको सहयोगमा एक सामुदायिक फूटबल क्लब सुरु गरे र उनि अन्य क्लबहरुसंग फूटबल खेल्न र प्रतियोगिताहरुमा भाग लिने गरेका छन् उनको क्षमता फूटबलमा मात्र सिमित छैन, उनले हेयेरड्रेसरको तालिम पनि पुरा गरि एक प्रशिक्षित हेयेरड्रेसरका रूपमा समुदायमा सेवा पुर्याईरहेका छन् उनि भन्छन आफ्नो सोख र सिपलाई राम्रोसंग प्रयोग गर्न जान्यो भने मानिसहरुलाई अझ प्रभावकारी रुपमा यस बिबिध समुदायमा बाच्न मद्दत गर्छ


म ,सुदिना घिमिरे, नेपालबाट अष्ट्रेलिया २०१५ मा बसाई सरेकी हुँ। म सपोर्ट वोर्करका रूपमा ऐज्डकेयर र डीसेबिलिटी क्षेत्रमा कार्यरत छु । ।काम बाहेक मेरो... Go to page where you can read more about Sudina Ghmire